गण्डकी प्रदेशका अर्का मन्त्री फालिए
गण्डकी प्रदेश का भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई मन्त्रीबाट हटाएका हुन् ।
खड्काको जिम्मेवारी आफूसँग राखेर मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद पुनर्गठन गरेको जानकारी दिइएको छ । खड्काले आसन्न निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विन्दुकुमार थापालाई हराउन भूमिका खेलिरहेको आरोप लागेको छ ।
दुई साताअघि पनि गठबन्धन दलकै मन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गरिएको थियो । अब गण्डकीमा मन्त्रिपरिषद् १० सदस्यीय कायम भएको छ ।
टिप्पणीहरू