निर्वाचन बहिष्कार आह्वान गर्दै कीर्तिपुरमा चर्का नारा

निर्वाचन बहिष्कार आह्वान गर्दै कीर्तिपुरमा चर्का नारा

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय हातामा निर्वाचन बहिष्कारको आह्वान गर्दै आज नाराबाजी गरिएको छ । दिउँसो पौने ३ बजेदेखि भेला भएका बहिष्कारवादीहरुले विश्वविद्यालयको घडी भवन अगाडि नारा लगाएका हुन् । 

विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी केन्द्रीय समितिको आयोजनामा निर्वाचन बहिस्कार तथा भण्डाफोर कार्यक्रम गरिएको हो । आयोजक समितिका अध्यक्ष प्रकाश शाहीको नेतृत्वमा भएको आज दिउँसोको कार्यक्रममा उपाध्यक्ष नरेन्द्र बिक, केन्द्रिय सचिवालय सदस्य तथा त्रिभुवन विश्वविद्यालय इञ्चार्ज अनिल केसी, केन्द्रिय सदस्य तारा सञ्जेललगायतको उपस्थितिमा बिरोध कार्यक्रम भएको हो ।

सहभागीहरुले मंसिर ४ को कथित निर्वाचन खारेज गरौँ, दलाल संसदीय व्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, भ्रष्ट जनप्रतिनिधिलाई बहिष्कार गरौँ, लुटेरालाई वैधानिकता दिने कथित निर्वाचन बहिष्कार गरौँ, दलाल पुँजीवाद मुर्दावाद, एमसिसिका मतियारलाई बहिष्कार गरौँ, जनतालाई गुलियोमा भुलाउने शासकहरु मुर्दावादलगायत चर्का नारा लगाएका हुन् ।

टिप्पणीहरू