सिरिया जाने सैन्य टोली लेबनान पुग्यो
गए राति नेपाली सेनाको एउटा टोली लेबनानको राजधानी बेरुत पुगेको छ । राति सवा १ बजे नेपाल वायु सेवा निगमको चार्टर उडान आर ए २४१३ बाट गएको उक्त टोली सिरियाको नफ्रि जाने कार्यक्रम रहेको बताइएको छ ।
सयुक्त रास्ट्र संघको आह्वानमा शान्ती स्थापनाको निम्ति युनाइटेड नेसन डिस्इन्गेजमेण्ट अब्जर्भर फोर्स मिसन सिरियामामा तैनाथ हुन जाने टोली राति त्यता गएको हो । फोर्स हेड क्वार्टरको सपोर्ट युनिट, शान्ती सेना दशौ डफ्फा, मेकानाईज्ड ईफेन्ट्री गुल्म शान्ती सेना पाँचौ डफ्फा, इञ्जिनियरिङको शान्ती सेना छैठौ डफ्फा, लेबल एगिक अस्पताल शान्ति सेनाको तेस्रो डफ्फा र क्लोज प्रोटेक्सन युनिट शान्ती सेनाको दोस्रो डफ्फा हिजोको टोलीमा सामेल भएको बताइएको छ ।
मिसन टोली प्रमुख सेनानी रोशन कार्कीको कमाण्डमा १९२ जनाको टोली त्यहाँ पुगेपछि उताको टोली स्वदेश फर्कनेछ ।
टिप्पणीहरू