शिष्टाचार भेटका लागि युएईका राजदूत सिंहदरबारमा

शिष्टाचार भेटका लागि युएईका राजदूत सिंहदरबारमा

नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूतले आज परराष्ट्र मन्त्रालयका सचिवसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल्शाम्सी सचिव भरतराज पौड्यालसँग भेटवार्ता लागि मध्यान्ह १२ बजे सिंहदरबार पुग्नुभएको हो ।

उहाँहरुबीच करिब २० मीनेट कुराकानी भएको मन्त्रालय स्रोतले बताएको छ । उहाँहरुबीच परराष्ट्र मन्त्रालयस्थित सचिव पौड्यालको कार्यकक्षमा भेटवार्ता भएको हो ।

टिप्पणीहरू