भारतीय खुफिया एजेन्सी ‘र’ का अधिकारीहरु नेपालमा सक्रिय

भारतीय खुफिया एजेन्सी ‘र’ का अधिकारीहरु नेपालमा सक्रिय

भारतीय खुफिया एजेन्सी ‘र’ को दिल्ली हेडक्वार्टरका अधिकारी आर. कुमारसहित तीन जनाको टोली गत बिहीबारदेखि गोप्य रुपमा नेपालमा छन् । होटल द्वारिकाजमा बसेको उक्त टोलीले देखिने गरेर कुनै भेटघाट र सम्पर्क नगरेको स्रोतको दाबी छ । 

नेपालमा आनिर्वाचन नजिकिँदै गर्दा आएको उक्त टोली दिनभर होटलमा बसेर रातको समयमा मात्रै गोप्य राजनीतिक भेटवार्तामा सक्रिय भएको बताइन्छ उनी कुमार पहिले पनि नेपाल दुई पटक आइसकेका छन् । 

खुफिया एजेन्सीको आर्थिक विभाग तथा कार्यालय सचिवको कार्यभार सम्हालेका र उक्त एजेन्सीको आगामी प्रमुखको दावेदारसमेत रहेका आर कुमारको टोली बैंकक हुँदै थाई स्माइल एयरबाट काठमाडौं आएको बताइन्छ । सो टोलीसँग ‘र’ का नेपाल स्टेशन प्रमुख राघवप्रसाद भट्नागरसहितका अधिकारीहरुले पटक पटक द्वारिकाजमै गएर भेटवार्ता गरेका छन् । 

टोलीले नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरुसँग समेत गोप्य भेट गरी निर्वाचन प्रक्षेपणको बारेमा जानकारी लिएको उच्चस्रोतले जनआस्थालाई बतायो । उनीहरुले राजनीतिक दलका शीर्ष तहका आफू अनुकूल उम्मेदवारहरुलाई जिताउन सक्रिय भूमिका खेलेको आशंका राजनीतिक वृत्तमा गरिएको छ ।

टोलीले अस्ति सोमबार पशुपतिनाथको दर्शन गरेको छ । हिजो नागपोखरीस्थित होटल मेरियटमा दिउँसो साढे १२ बजेदेखि साँझ ५ बजेसम्म बसेर टोली पुनः द्वारिकाज होटल प्रवेश गरेका छ । तर, मेरियटमा को कोसँग छलफल भयो भन्नेबारे केही बताइएको छैन ।

टिप्पणीहरू