भारतीय पूर्वमन्त्री प्रधानमन्त्री भेटेर स्वदेश फर्किए

भारतीय पूर्वमन्त्री प्रधानमन्त्री भेटेर स्वदेश फर्किए

नेपाल भ्रमणमा आएका भारतका पूर्व रेल वेमन्त्री तथा राजनीतिज्ञ सुरेश प्रभाकर प्रभु आज स्वेदश फर्किएका छन् । उनी कात्तिक २७ गते काठमाठौं आएका हुन् । 

नेपाल बसाइको क्रममा प्रभाकरले आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गरेका हुन् । त्यसैगरी भोलिपल्ट सोमबार काँग्रेस महामन्त्री डा. प्रकाशशरण महतसँग उनै निवासमा भेटवार्ता गरेका थिए । 

उनी महतसँग भेट गर्न महाराजगञ्जस्थित निवासमा पुगेका हुन् । काठमाडौंमा रहँदा नेपालका लागि भारतीय राजदूत र अन्य प्रतिनिधिहरुसँग दूतावास र होटलमा पटक पटक भेटवार्ता गरेका थिए । उनी पहिले शिव सेना नेपालसँग आवद्ध थिए । सात वर्षअघि उनी भारतीय जनता पार्टीमा सक्रिय भएर लागेका हुन् । पछि रेलमन्त्री पनि बने ।

टिप्पणीहरू