पानीको कार्टुनभित्र राखेर गाँजा तस्करी

नेपालबाट भारततफै लैजान लागिएको झण्डै डेढ क्वीण्टल गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । सर्लाहीको मलंगवास्थित गंगा पेट्रोल पम्पमा रोकिराखेको ट्रकमा एक सय ४० केजी गाँजा फेला परेको बताइन्छ । 

बागमती प्रेदश ३०१–००६ ख १७०४ नम्बरको टाटा ट्रकमा पानीको ८० कार्टुनभित्र हालिएको गाँजा सशस्त्र प्रहरी बलको नम्बर २ छिन्नमस्ता बाहिनीको टोलीले हिजो साँझ पक्रेको हो । गाँजा भारततर्फ लैजान खोजिएको बताइएको छ ।

उक्त ट्रक र गाँजा सशस्त्र प्रहरी बलले नेपाल प्रहरीलाई बुझाइएको छ ।

टिप्पणीहरू