पर्यटनमन्त्री श्रेष्ठले मुटु, फोक्सो, कलेजो सबै अंग दिने

पर्यटनमन्त्री श्रेष्ठले मुटु, फोक्सो, कलेजो सबै अंग दिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मृत्युपछि आफ्नो अंगदान गर्ने घोषणा गर्नुभएको छ । जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्न मिल्ने गरी उहाँले आफ्नो शरीरका विभिन्न अंग दान गर्ने बताउनुभएको हो । 

मन्त्री श्रेष्ठले मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज, सानो आन्द्रा दान दिने मञ्जुरीनामामा हस्ताक्षर गर्नुभएको छ । 

‘मृत्युपश्चात मेरो शरीरबाट मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज, सानो आन्द्रा झिकी आवश्यक भएको जुनसुकै बिरामीको शरीरमा प्रत्यारोपण गर्न मेरो मञ्जुरी भएकाले मानव शरीरको अंग प्रत्यारोपण ‘नियमित तथा निषेध’ ऐन २०५५ को दफा १६ को उपदफा (१) को खण्ड (ख) बमोजिम जानेर बुझेर स्वेच्छाले यो मञ्जुरीनामा लेखिदिएको छु’, पत्रमा भनिएको छ ।

आफ्नो अंगबाट कुनै बिरामीले पुनःजीवन पाउने भएकाले अंगदान दिने निर्णय गरेको उहाँले बताउनुभयो ।

टिप्पणीहरू