रवि लामिछानेको विवादमा प्रमाणको आधारमा निर्णय गरिन्छ : निर्वाचन आयोग

रवि लामिछानेको विवादमा प्रमाणको आधारमा निर्णय गरिन्छ : निर्वाचन आयोग

निर्वाचन आयोगले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका रवि लामिछानेविरुद्ध परेका उजुरी प्रमाणका आधारमा निर्णय लिने जनाएको छ । 

आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकताको विषयलाई लिएर रवि लामिछानेविरुद्ध परेको उजुरीबारे प्रमाणका आधारमा निर्णय लिने जानकारी दिनुभएको छ । 

रविको नेपाली नागरिकता अवैध रहेको भन्दै उनको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ ।

टिप्पणीहरू