चुनावी नतिजा मंसिर तेस्रो साताभित्र राष्ट्रपतिसमक्ष बुझाइने
निर्वाचन आयोगले आगामी आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको नतिजा मंसिर २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने दाबी गरेको छ ।
निर्वाचनको स्थीर समय (मौन अवधि) सुरु हुनुभन्दा केही घण्टाअघि आज आयोग कार्यालयमा पत्रकार सम्मेलन गरेर निर्वाचनको सम्पूर्ण नतिजा तीन हप्ता नपुग्दै २२ मंसिरअघि नै राष्ट्रपतिसमक्ष बुझाउने बताइएको हो ।
‘प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको मतगणना सकेर २२ मंसिरअघि नै राष्ट्रपतिसमक्ष बुझाइन्छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो ।
टिप्पणीहरू