आचारसंहिताविपरीत बारामा घरदैलो !

आचारसंहिताविपरीत बारामा घरदैलो !

बारामा पर्सि हुने निर्वाचनको स्थीर समय (मौन अवधि) मा आचारसंहिताविपरीत उम्मेदवारहरूले घरदैलो गरेका छन् । बाराको क्षेत्र नम्बर ४ मा पर्ने परवानीपुर गाउँपालिका ३ लिपनीमालमा आचारसंहिताविपरीत घरदैलो कार्यक्रम भएको स्थानीयले बताएका छन् ।

सता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) र प्रदेशसभा सदस्य (ख) का उम्मेदवार जितेन्द्र सोनलले आज बिहान घरदैलो गरेको आरोप लागेको हो । 

गए मध्यराति १२ बजेदेखि चुनाव प्रचारप्रसारमा रोक लगाइएको छ । घरदैलो  कार्यक्रम रोक्न प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी परिचालन गरिएको बारा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टिप्पणीहरू