झापामा हात्ती आतंक, एक दर्जन जंगली हात्ती गाउँ नजिकै रहेको आशंका

झापामा हात्ती आतंक, एक दर्जन जंगली हात्ती गाउँ नजिकै रहेको आशंका

झापाको उत्तरी क्षेत्रमा ११ वटा जंगली हात्ती गाउँ छिरेपछि आतंक मच्चिएको छ ।  दमक नजिकैको हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा ती हात्ती पछिल्लो केही दिनदेखि देखिएका हुन् ।

धेरै संख्यामा हात्तीहरू देखेपछि स्थानीय रातभर जागा बसेका हुन् । दमक नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नवीन बरालका अनुसार वडा २ र ३ का दिनहुँ ती हात्ती गाउँ नजिकैको जंगलमा आउने गरेका छन् ।

जंगली हात्तीका कारण स्थानीयबासी बाहिर निस्कन, बालबालिका विद्यालयमा जान र विशेषगरी रातको समयमा अत्यावश्यक काम पर्दा घर बाहिर जान डराउनुपर्ने अवस्था बनेको हो ।

टिप्पणीहरू