मौन अवधिमा झण्डै दुई सय लिटर मदिरा पोखियो

मौन अवधिमा झण्डै दुई सय लिटर मदिरा पोखियो

महोत्तरीमा बिक्री वितरणको लागि राखिएको घरेलु मदिरा नष्ट गरिएको छ । बर्दिबास नगरपालिकाका विभिन्न पसलमा बिक्री वितरणका लागि राखिएको १८० लिटर मदिरा प्रहरीले नष्ट गरेको छ ।

मदिरा बिक्री वितरण निषेध गरिएको अवस्थामा विभिन्न होटलबाट जनप्रतिनिधि र स्थानीयको रोहबरमा जफत गरिएको उक्त परिमाणको घरेलु रक्सी नष्ट गरिएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।

जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रहरी तैनाथ गरी मदिरा बिक्रीवितरणको विषयमा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष पोखरेलले बताए ।

टिप्पणीहरू