घण्टी चिन्ह लिएका उम्मेदवारको आमरण अनशन तोडियो

घण्टी चिन्ह लिएका उम्मेदवारको आमरण अनशन तोडियो

रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का उम्मेदवार सचिन घिमिरेले अनशन तोडेका छन् । सात बुँदे माग राखेर गत कात्तिक २९ गतेदेखि गोदावरी नगरपालिका १०, टाखेलमा आमरण अनशन बसेका उनले आज बिहान तोडेका हुन् । 

ललितपुर महानगरपालिका १० का निवर्तमान वडाध्यक्ष नरसिंह व्यञ्जनकारले माग सम्बोधन गर्ने सहमति जनाएपछि घिमिरेले जुस पिएका थिए । घण्टी चुनाव चिन्ह लिएर उठेका घिमिरे ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् ।

टिप्पणीहरू