विप्लवका कार्यकर्तामाथि कडा निगरानी, २ दर्जन बढीको गतिविधि ट्याक

विप्लवका कार्यकर्तामाथि कडा निगरानी, २ दर्जन बढीको गतिविधि ट्याक

राजधानीमा शंकास्पद गतिविधि बढाएपछि नेकपा विप्लव समूहका नेता तथा कार्यकर्तामाथि सुरक्षा निकायले विशेष निगरानी गरेको छ । पर्सि हुने निर्वाचन बहिष्कारको आग्रह गर्दै आएका अन्य समूहलगायत विप्लवका नेता तथा कार्यकर्ताले हिजोदेखि राजधानीका विभिन्न स्थानमा बम र शंकस्पद वस्तु राखेर समाज र जनमानसलाई भयभित बनाएको प्रहरीको भनाइ छ ।

विप्लवका कार्यकर्ताहरुले हिजो साँझ र गएराति काठमाडौ र ललितपुरका विभिन्न स्थानमा शंकास्पद वस्तु राखेका हुन् । उनीहरुले आज र भरे राति विशेषगरी नयाँ बानेश्वरस्थित संसद भवन, सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार वरपर शंकास्पद वस्तु राखेर जनमानसलाई त्रास दिने योजना बनाएको सुरक्षा निकायको बुझाइ छ ।

भोलि राति र पर्सि बिहानीपख उनीहरुले कतिपय मतदान केन्द्रलाई लक्षित गरेर त्यस्ता बिस्फोटक पदार्थ वा शंकास्पद वस्तु राख्ने सम्भावना बढेकाले उनीहरुमाथि कडा निगरानी बढाइएको बताइन्छ । त्यस्तो शंकास्पद कार्यमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल टेलिकम र अन्य सुरक्षा निकायसँग आवश्यक समन्वय गरेर विप्लवका दुई दर्जन कार्यकर्ताको गतिविधि ट्रयाक गर्न थालेको बताइन्छ ।

जनआस्थालाई प्राप्त विवरणअनुसार काठमाडौंको मनमैंजु एरियामा रहेका जय सिंह नेपालीलगायत अन्यमा कमरेड अर्जुन, ओजन बुढा, ज्योती र चिरन पुनको गतिविधि ट्रयाक गरिएको छ । त्यसैगरी माइला लामा, निगम भण्डारी, तारा सञ्जेल, चिरञ्जिीवी ढकाल, कमल विष्टलगायत पनि सुरक्षा निकायको कडा निगरानीमा परेका हुन् ।

टिप्पणीहरू