ललितपुरमा आज पनि शंकास्पद वस्तु भेटियो

ललितपुरमा आज पनि शंकास्पद वस्तु भेटियो

ललितपुरमा आज पनि शंकास्पद वस्तु भेटिएको छ । महाङकाल गाउँपालिका ४, छेपारे डाँडामा शंकास्पद वस्तु फेला परेपछि सुरक्षा निकायको टोली त्यहाँ पुगेको छ ।

आज बिहान फेला परेको उक्त वस्तुलाई सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको बताइएको छ ।

हिजो बिहान जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय नजिकैको पार्कमा पनि शंकास्पद वस्तु राखिएको थियो ।

टिप्पणीहरू