बन्दुक बोकेर हिँडेका तीन जना बर्दियामा पक्राउ

बन्दुक बोकेर हिँडेका तीन जना बर्दियामा पक्राउ

बर्दियामा बन्दुक बोकेर हिँडेका दुई जना पुरुष र एक जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बासगढी नगरपालिका–२ सिमलघारीबाट उनीहरुलाई समातिएको बताइएको छ । 

सिमलघारी बस्ने ५२ वर्षीय रत्नबहादुर राना, ६२ वर्षीय प्रेमबहादुर मल्ल र ५५ वर्षीया लालमाया पुनलाई बाह्रबोरको बन्दुक एक थान, भरुवा बन्दुक एक थान र रतुवाको सिङ र खुरसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरु चोरी शिकारीमा संलग्न भएको आशंकामा आवश्यक अनुसन्धान गरिएको बताएको छ ।

टिप्पणीहरू