राष्ट्रपतिद्वारा मतदानमा सहभागी हुन अनुरोध

राष्ट्रपतिद्वारा मतदानमा सहभागी हुन अनुरोध

राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि हुन लागेको आमनिर्वाचनमा सबै मतदातालाई सहभागी हुन अनुरोध गर्नुभएको छ । उहाँले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुन आग्रह गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आमनिर्वाचनको ऐतिहासिक महत्व रहेको उल्लेख गर्नुभएको छ । 

भोलि हुने आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिक रुपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा अभिव्यक्त गर्ने उहाँले बताउनुएको छ ।

टिप्पणीहरू