इमान्दारितापूर्वक मतदान गर्ने काँग्रेसको प्रतिबद्धता

इमान्दारितापूर्वक मतदान गर्ने काँग्रेसको प्रतिबद्धता

आज दिउँसो नेपाली काँग्रेसको तर्फबाट भएको भनिएको नक्कली सर्कुलरप्रति काँग्रेस मुख्य सचिव र माओवादी मुख्य सचिवले खेद प्रकट गरेका छन् । भोलिको निर्वाचनमा काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जिल्लाका नेताहरुलाई प्रचण्डबाहेक माओवादीका अरु सबै नेतालाई मतदान नगर्न सर्कुलर जारी गरेको समाचारलाई पौडेल र माओवादीका मुख्य सचिव ढकालले मिथ्या समाचार भनेका छन् । 

उक्त भ्रमपूर्ण समाचार काँग्रेस र माओवादी केन्द्रबीच फाटो ल्याउने प्रयास भएको उनीहरुले ठहर गरेका छन् । उक्त समाचारलाई उनीहरुले भ्रमपूर्ण, निराधार, कपोलकल्पित र दुराशययुक्त राजनीतिक अपराध ठहर गरेका छन् । 

नेपाली काँग्रेस माओवादी केन्द्र र पाँच दलको लोकतान्त्रिक वाम गठबन्धनप्रति पूर्ण प्रतिबद्ध रहेको जनाउँदै अपराधपूर्ण उक्त कार्यम संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि समेत सरकारसँग माग गरिएको छ ।

यसअघि आजै काँग्रेसका मुख्य सचिवले टेलिफोनबाट माओवादीले पाएका क्षेत्रमा अन्य अनुकूल उम्मेदवारलाई जिताउन सर्कुलर गरिएको अडियो सार्वजनिक भएको थियो । उक्त सर्कुलरमा काँग्रेसको सहयोगमा जितेको सीटले चुनावपछि माओवादीले काँग्रेसलाई दुःख दिने भन्दै गोप्य सर्कुलर गरिएको समाचार एकाएक भाइरल भएको थियो ।

टिप्पणीहरू