मुलुकभर मतदान शुरु

मुलुकभर मतदान शुरु

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान शुरु भएको छ । आज बिहान ७ बजेबाट देशभर थालनी भएको मतदान साँझ ५ बजेसम्म हुनेछ ।

देशभर १० हजार आठ सय ९२ मतदानस्थल छन् । २२ हजार दुई सय २७ मतदान केन्द्र छन् । ती मतदान केन्द्रबाट एक करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले मतदान गर्दैछन् ।

त्यसबाहेक समानुपातिकतर्फका लागि अस्थायी मतदाताको निम्ति एक सय ४१ अस्थायी मतदान केन्द्र कायम गरिएको छ । चार लाख ५० हजार अस्थायी मतदाता छन् ।

प्रतिनिधि सभा निर्वाचनका लागि दुई हजार चार सय १२ र प्रदेश सभाका लागि तीन हजार दुई सय २४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

चुनावबाट प्रतिनिधि सभाका २७५ सदस्य र प्रदेश सभाका ५५० सदस्य चयन हुनेछन् । प्रतिनिधिसभाका लागि १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीबाट चयन हुनेछन् । सात वटा प्रदेश सभाका लागि प्रत्यक्षतर्फ ३३० जना र समानुपातिकतर्फ २२० जना निर्वाचित हुनेछन् ।

टिप्पणीहरू