झापाको एउटा केन्द्रमा मतदान रोकियो

झापाको एउटा केन्द्रमा मतदान रोकियो

झापाको शिवसताक्षी नगरपालिका–१० स्थित बालनिकुञ्ज माध्यमिक विद्यालयमा रहेको मतदानस्थल अन्तर्गतको ‘घ’ केन्द्रमा मतदान स्थगित भएको छ ।  

जिल्ला निर्वाचन कार्यालय प्रमुख तुलसीकुमार नेपालका अनुसार प्रतिनिधिसभा सदस्यतर्फको मतपेटिकामा एक मतदाताले प्रदेश सभाको मतपत्र खसालेपछि मतदान रोकिएको हो ।  

सर्वदलीय बैठक बसेर सहमति गरेपछि मात्र त्यहाँ मतदान अगाडि बढाइने प्रमुख   नेपालले बताए ।

टिप्पणीहरू