निर्वाचन पर्यवेक्षणमा कोरिया र माल्दिभ्सका पाहुना सँगसँगै

निर्वाचन पर्यवेक्षणमा कोरिया र माल्दिभ्सका पाहुना सँगसँगै

आज भइरहेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन पर्यवेक्षणको निम्ति निम्त्याइएका विदेशी पाहुनाले राजधानीका विभिन्न मतदानस्थल र मतदान केन्द्रको अवलोकन गरेका छन् । 

निर्वाचन आयोगको निम्तोमा आएका माल्दिभ्स र दक्षिण कोरियाका प्रमुख निर्वाचन आयुक्तको टोलीले आज ललितपुरका विभिन्न मतदानस्थलको अवलोकन गरेका हुन् । उनीहरुले दिउँसो साढे १ बजेको समयमा ती केन्द्रको निरीक्षण गरेको बताइएको छ ।

आज ललितपुरका विभिन्न मतदान केन्द्रहरुको निरीक्षणनिम्ति माल्दिभ्सका मुख्य निर्वाचन आयुक्त फुवाद तौफिक र कोरियाका प्रमुख निर्वाचन आयुक्त काङ सेओङ बी पुग्नुभएको निर्वाचन आयोगले जनाएको छ । टोलीमा कोरियाली प्रतिनिधिमण्डलका चो मिनचल र यी ए र्याङ पनि सहभागी थिए ।

टिप्पणीहरू