चुनावी सुरक्षाका ४ प्रहरी बाटैमा बिते

चुनावी सुरक्षाका ४ प्रहरी बाटैमा बिते

बैतडीको पाटनमा मतपेटिका पुर्याएर फर्किंदै गरेको जीप दुर्घटना हुँदा चार जना प्रहरीको मृत्यु भएको छ ।

पाटन नगरपालिकाको थुममा से.१ ज ८५४ नम्बरको प्रहरी सवार जीप सडकबाट झण्डै २ सय मीटर तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारीका अनुसार १४ जना सवार उक्त जीपमा घटनास्थलबाट चार जनाको शव निकालिएको छ । मृतकहरुको परिचय अझै खुल्न सकेको छैन । 

रातभर मतपेटिका ढुवानी गरिरहेका चालक अनिदो भएका कारण उक्त दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

दुर्घटनामा अन्य प्रहरी र सवार मानिसहरु पनि घाइते भएकाले मृतकको संख्या अझै बढ्ने सक्ने आशंका गरिएको छ ।

टिप्पणीहरू