चार दिन भिभान्तामा बसेका भारतीय पूर्व राजदूत हिजो रातिदेखि बेखबर

चार दिन भिभान्तामा बसेका भारतीय पूर्व राजदूत हिजो रातिदेखि बेखबर

गत मंगलवार निर्वाचन परिणामको प्रारम्भिक नतिजा आउँदै गर्दा काठमाण्डौ विमानस्थलमा उत्रेका नेपालका लागि भारतका पूर्व राजदूत राकेश सुद हिजो रातिदेखि एकाएक गुपचुप भएका छन् । उनी हिजो अबेरसम्म सोही होटलमा श्रीमतीसँगै थिए । 

हिजो र अस्ति झम्सिखेलको होटल भिभान्तामा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका सुद हिजो साँझदेखि एक्लै भएका हुन् । उनले श्रीमतीलाई हिजै नयाँ दिल्ली फर्काएको अनुमान गरिएको छ । उनी साँझपख काठमाडौं विमानस्थल गएको नागरिक उड्डयन प्राधिकरण कार्यालय स्रोतले बताएको छ । भारतबाट आउँदै गरेका एक जना पाहुनालाई ‘रिसिभ’ गर्न सुद आफैं विमानस्थल जानुलाई अर्थपूर्ण ठानिएको छ ।

भारतीय सुप्रिम कोर्टका अधिवक्ता प्रतिक चड्डालाई लिन उनी त्रिभुवन विमानस्थलको आगन्तुक कक्षमा पुगेका थिए । चड्डा ‘क्रिमिनल लयर’ रहेको स्रोतको दाबी छ । चड्डालाई बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा छाडेपछि उनी पुनः आफू बसेको होटल भिभान्तामा पुगेका थिए । होटल भिभान्तामा साँझ आएर ‘चेक आउट’ भएको होटल स्रोतको दाबी छ ।

त्यहाँबाट चेक आउट भएका सुदको दिउँसोको दौडधुपले पनि विभिन्न अर्थ लगाएको छ । उनी अपरान्ह भारतीय राजदूतावासमा पनि छिरेका थिए । अन्यत्र धेरै ठाउँमा पुगेका सुदले उनै चड्डासँग मध्यरातसम्म होटल द्वारिकाजमा गफ गरेर बिताए । 
 
तर, त्यहाँबाट निस्केका उनी न भिभान्ता पुगे, न द्वारिकाजमा नै बसे । कतिपयले उनी  चन्द्रागिरीस्थित चन्द्रागिरी रिसोर्टमा बसेको अनुमान लगाएका छन् भने कतिपयले नागपोखरीस्थित होटल मेरियटमा र कसै कसैले गोकर्ण रिसोर्ट पुगेको हुनसक्ने आकलनसमेत गरेका छन् । 

उनी काठमाडौंमा आयोजित एउटा कृषिसम्बन्धी गोष्ठीमा भाग लिन आएको भनिएको छ । डलर अर्बपति तथा अस्ति सांसदमा निर्वाचित विनोद चौधरीको होटल भिभान्तामा आयोजित कार्यक्रममा उनले सहभागिता जनाएका थिए ।

होटल भिभान्तामा कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आयोजनामा कार्यक्रम गरिएको हो । तीन दिने ‘म्यानेजिङ स्ट्राटेजिक रिस्क इन एसिया एण्ड द प्यासिफिक’ विषयक कार्यक्रममा पूर्वराजदूत सुदसहित चार जनाको भारतीय टोली सहभागी भएको थियो । तर,हिजो साँझदेखि टोलीका अन्य सदस्य र श्रीमतीलाई स्वदेश फिर्ता गराएर सुद कता गए भन्नेबारे अधिकांश बेखबर छन् ।

टिप्पणीहरू