भारतीय रक्षामन्त्री भन्छन् : हामी समृध्द इण्डो–प्यासिफिकको पक्षमा छौं

भारतीय रक्षामन्त्री भन्छन् : हामी समृध्द इण्डो–प्यासिफिकको पक्षमा छौं

भारतीय रक्षामन्त्री राजनाथ सिंहले इण्डो–प्यासिफिक क्षेत्रीय र व्यापक विश्वव्यापी समुदायको आर्थिक विकासका लागि महत्वपूर्ण रहेको बताएका छन् । उनले भारत समृध्द इण्डो प्यासिफिकको पक्षमा रहेको पनि जानकारी दिएका छन् । 

नयाँ दिल्लीमा आयोजित ‘इण्डो–प्यासिफिक क्षेत्रीय सम्वाद–२०२२’ लाई सम्बोधन गर्दै उनले भने ‘वास्तवमा हाम्रा दार्शनिकहरू राजनीतिक सीमाभन्दा बाहिर मानव जातिको बारेमा सोच्न सक्छन् । हामी सबैको नैतिक जिम्मेवारी यो विश्वलाई झन् सुन्दर र सुरक्षित बनाउने हो । त्यसका लागि इण्डो प्यासिफिक सहायकसिध्द हुनेछ ।’

उनले सुरक्षालाई संयुक्त उद्यम बनाइएको अवस्थामा सबैलाई फाइदा हुने विश्वव्यापी प्रणाली सिर्जना गर्नेबारे सोच्न सकिने धारणा पनि राखेका छन् । अन्तर्राष्ट्रिय समुदायले धेरै प्लेटफर्म र संगठनहरू मार्फत उक्त लक्ष्यमा राष्ट्र संघीय सुरक्षा परिषदको अग्रसरतामा उक्त कार्य गर्न सक्ने धारणा पनि सिंहको छ ।

टिप्पणीहरू