रुसी राष्ट्रपतिद्वारा सैनिकका आमाहरुसँग सहभोजन

रुसी राष्ट्रपतिद्वारा सैनिकका आमाहरुसँग सहभोजन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा खटिएका सैनिकका आमाहरुसँग भेटघाट गरेका छन् । युक्रेन युद्धमा मारिएका र हाल युद्धरत रुसी सैनिकका आमाहरुसँग क्रेमलिनमा भेट्दै राष्ट्रपति पुटिनले आफ्नो साथ आमाहरुको पीडामा रहेको बताएको प्राप्त समाचारमा जनाइएको छ ।

‘युद्धमा मारिएका छोराहरुको क्षतिपूर्ति हुनै सक्दैन,’ रुसी राष्ट्रपतिले भने, ‘आमाहरुको यो ठूलो पीडामा मेरो साथ छ ।’ रुस–युक्रेन युद्धमा १ लाख रुसी र १ लाख युक्रेनी सैनिक मारिएको बताइन्छ ।

यसैबीच रुस र युक्रेनले युद्धबन्दी आदानप्रदान गरेका छन् । दुबै पक्षले ५० जना युद्धबन्दी आदानप्रदान गरेको किभ र मस्कोका अधिकारीहरूले जानकारी दिएका छन् । रुसी रक्षा मन्त्रालयले युक्रेनले पक्राउ परेका ५० रुसी सैनिक रिहा गरेको जनाएको छ । 

त्यस्तै, युक्रेनी अधिकारीहरुले युक्रेनले ४८ सैनिक र दुई अधिकृत रुसबाट प्राप्त गरेको जनाएको छ । उनीहरु जल र स्थल सेना, सीमा रक्षक र क्षेत्रीय रक्षाका लडाकु हुन् । युक्रेनमा द्वन्द्व सुरु भएदेखि किभ र मस्कोले हालसम्म १ हजारभन्दा बढी युद्धबन्दीहरू आदानप्रदान गरिसकेका छन् ।

टिप्पणीहरू