चुनावमा मारिएका एमाले कार्यकर्ता चेतनको शव आफन्तले बुझे

चुनावमा मारिएका एमाले कार्यकर्ता चेतनको शव आफन्तले बुझे

मंसिर ४ गतेको आमनिर्वाचनका क्रममा बाजुरामा मारिएका चेतन ऐडीको शव आफन्तलाई बुझाइएको छ । आज बिहान पौने १० बजेउनका पिता र नेकपा एमालेका दुई जना कार्यकर्ताले शव बुझेका हुन्  ।

शववाहनमा राखेर मृतकको घर बडिमालिका नपा–८ मा लगिएको छ । शवयात्रा  घरबाटै शुरु गरिएको बताइएको छ । चेतनका हत्यारामाथि कारबाहीको माग गर्दै राजधानीमा प्रदर्शन गरिएको छ । एमालेनिकट अनेरास्ववियुले माइतीघर मण्डलामा हिजो प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरुले, ‘हत्या हिंसा बन्द गर’, ‘चेतन ऐडीलाई न्याय दे’,‘ शान्ति सुव्यवस्था कायम गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

टिप्पणीहरू