मोरक्कोसँगको हारपछि बेल्जियममा दंगा

मोरक्कोसँगको हारपछि बेल्जियममा दंगा

कतारमा जारी विश्वकपमा मोरक्कोले बेल्जियमलाई हराएपछि राजधानी ब्रसेल्समा दंगा मच्चिएको छ । बेल्जियम हारेपछि आक्रोशितहरूको एउटा समूहले कार र केही विद्युतीय स्कुटरमा आगजनी गरेका हुन् ।

दंगा मच्चाएको आरोपमा प्रहरीले एक दर्जनभन्दा बढीलाई पक्राउ गरेको छ । बेल्जियमका धेरै ठाउँमा दंगा भएको समाचार छ । दर्जनौं फुटबल प्रशंसकहरू पुलिसँग झडपमा उत्रिएको बताइन्छ । 

दंगा नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरा र अश्रु ग्यास प्रयोग गरेको थियो । दंगामा संलग्नहरूले लाठी प्रयोग गरेर राजमार्ग र मुख्य सडकमा आगजनी गरेका हुन् ।

टिप्पणीहरू