आगलागी हुँदा मानिसलाई केही नभए पनि घर खरानी

आगलागी हुँदा मानिसलाई केही नभए पनि घर खरानी

मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर-७ अलिबक्सा टोलका अस्फाक मियाँको घरमा आज दिउँसो आगलागी भएको छ । आगलागीमा मानवीय क्षति नभए पनि लाखौंको धनमाल जलेर नष्ट भएको बनाइन्छ ।

आगोलाई रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिकाको दमक, सशस्त्र प्रहरी,नेपाल प्रहरी  र स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिएको स्थानीय अदिम मियाँले बताए । क्षतिको विवरण संकलन कार्य भइरहेको समेत प्रहरीले जनाएको छ ।

टिप्पणीहरू