२० वर्ष पुगी बिहे गर्ने किशोरीलाई १० हजार

२० वर्ष पुगी बिहे गर्ने किशोरीलाई १० हजार

कालीकोटको खाँडाचक्र नगरपालिका –१ ले २० वर्ष पुगी विवाह गर्ने किशोरीलाई १० हजार नगद प्रदान गर्ने भएको छ । नगरले २० वर्ष पुगी विवाह गर्ने किशोरीलाई बैंक खातामार्फत १० हजार दिने जनाएको छ । 

सानै उमेरमा हुने बालविवाह र त्यसबाट किशोरीहरुले भोग्नुपर्ने दमन,शोषण आदिको अन्त्यका लागि नगरले यो निर्णय गरेको भनिएको छ । 

नगर अधिकृत दमनराज शाहीले, कर्णाली प्रदेश सरकारको सहयोगमा नगरले आफ्नो समुदायभित्र रहेका किशोरीहरुले २० वर्ष पुगेपछि विवाह गरेमा १० हजार दिन लागेको बताए । 

उनले भने, ‘यस नीतिले बालविवाह रोक्नका साथसाथै किशोरीहरुको शिक्षामा पनि योगदान पुर्याउने छ ।’

टिप्पणीहरू