कालोसूचीबाट बच्न ७ दिनको समय

कालोसूचीबाट बच्न ७ दिनको समय

समयमै काम गर्न नसकेका आठ निर्माण व्यवसायीलाई सरकारले कालोसूचीमा राख्ने भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिबध्दताबमोजिम काम नगर्ने निर्माण व्यवसायीलाई सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन चेतावनी दिएको छ । 

कार्यालयले श्री गुण निर्माण सेवा, श्री सिरुवा कविर सुनकोशी जे.भी, श्री मुस्कान सप्लायर्स,श्री मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि,श्री अनुष्ठान कन्स्ट्रक्सन,श्री सिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालि, श्री दिल्ली ट्रेडिङ र श्री जयगढी माई निर्माण कन्स्ट्रक्सनलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन चेतावनी दिएको छ । 

“उक्त निर्माण व्यवसायीहरुलाई योभन्दा पहिला पनि लिखित स्पष्टीकरण बुझाउन ३० दिनको समयावधि दिएको तर ३० दिन बित्दासमेत स्पष्टीकरण नबुझाएपछि थप सात दिनको समयावधि दिएको छ” सूचनामा भनिएको छ । 

सोही समयावधिभित्र लिखित स्पष्टीकरण नबुझाए कार्यालयले यी निर्माण व्यवसायीहरुलाई कानुनबमोजिम कालोसूचीमा राख्ने र कारबाही अघि बढाउने जनाइएको छ ।

टिप्पणीहरू