जीपले हान्दा मारिए जर्मन नागरिक,बिदेशी युवती सिकिस्त

जीपले हान्दा मारिए जर्मन नागरिक,बिदेशी युवती सिकिस्त

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ३ फिस्लिङमा बोलेरो जीप र ना ४१प ५४८ नम्बरको मोटरसाइकल ठोक्किँदा ६० बर्षीय जर्मन नागरिक Michael Meyer Olbersleben (पासपोर्ट नं.246378959 ) को मृत्यु भएको छ । उनको बाइक पछाडि रहेकी बिदेशी महिला भने सिकिस्त हालतमा छिन् । 

दुर्घटनालगत्तै उध्दार गरी उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पुर्याइएकोमा दिउँसो साढे १२ बजे उनको निधन भएको प्रहरीले जनाएको छ ।  बोलेरोमा सवार धादिङ्गको गल्छी गाउँपालिका– ५ का ७३ वर्षीय निरबहादुर तामाङ पनि घाइते छन् । 

बोलेरो चालक गोरखाका २१ वर्षीय साजन भुजेललाई अस्थायी प्रहरी पोष्ट फिस्लिङले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू