प्रधानन्यायाधीशको निलम्बन र महासचिवको पत्रसम्बन्धी सुनुवाइ सकियो,

प्रधानन्यायाधीशको निलम्बन र महासचिवको पत्रसम्बन्धी सुनुवाइ सकियो,

आदेशको पर्खाइ प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाविरुद्धको महाभियोग निस्क्रिय भएको भन्दै संसद सचिवालयका महासचिव दिएको पत्रविरुद्ध दायर रिटमाथिको प्रारम्भिक सुनुवाइ केहीबेर अघि सकिएको छ । 

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य लगायतले महासचिव भरतराज गौतमले प्रधानन्यायधीशलाई दिएको क्लिन चिटलाई चुनौती दिँदै अस्ति बुधबार रिट दायर गरेका थिए । उक्त रिटमाथि रिट निवेदक शाक्यसहितका पाँच जना वरिष्ठ कानुन व्यवसायीहरुले बहस सकाएका छन् । 

सो रिटमा बहस गर्नका लागि चार दर्जनभन्दा बढी अधिवक्ताले नाम टिपाएका भए पनि न्यायाधीश ईश्वर खतिवडाले पाँच जना मात्र कानुन व्यवसायीलाई मात्रै बहसमा सहभागी हुन आग्रह गरेका थिए ।खतिवडाको आग्रहअनुसार वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी,शम्भु थापा,सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य,नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे,टिकाराम भट्टराई र बद्रिबहादुर कार्कीहरुले बहस गरेसँगै आदेशको पर्खाइ शुरु भएको हो । 

बहस सकिएसँगै संवैधानिक इजलाशका पाँचै जना न्यायाधीश कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्की,विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा आफ्नो इजलाशमा गएका छन् ।

 आदेश आजै दिउँसो आउने सर्वाेच्च अदालतले जनाएको छ ।

टिप्पणीहरू