दलाई लामाको कार्यक्रममा अमेरिकी कुटनीतिज्ञको उपस्थिति

दलाई लामाको कार्यक्रममा अमेरिकी कुटनीतिज्ञको उपस्थिति

काठमाडौंमा आयोजित दलाई लामा सम्बन्धी कार्यक्रममा अमेरिकी राजदूतवासका डेपुटी चिफ अफ मिसन (डिसीएम) लाई प्रमुख अतिथि बनाइएको छ । स्वयम्भूस्थित भाग्र्रा गुम्बामा तिब्बती धर्मगुरु दलाई लामाले नोबेल पुरस्कार प्राप्त गरेको सम्झनामा कार्यक्रम गरिएको छ ।

आज बिहान सवा ८ बजेदेखि शुरु कार्यक्रममा दलाईको फोटो राखेर बौद्ध परम्पराअनुसार पूजापाठ र शान्ती पूजा थालिएको बताइएको छ । 

अमेरिकी राजदूतावासका डिसीएम ज्याक्सन मिन्सको उपस्थितिमा भइरहेको कार्यक्रममा बौद्ध धर्मगुरु छुपसाङ्ग रिम्पुछेलगायत डेढ सयजनाको सहभागिता रहेको गुम्बाका एक जना लामाले बताए ।

दलाई लामालाई सन् १९८९ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

टिप्पणीहरू