अमेरिकी फुटबल पत्रकारको दोहामा मृत्यु

अमेरिकी फुटबल पत्रकारको दोहामा मृत्यु

कतारमा भइरहेको विश्वकपको समाचार संकलन गर्ने क्रममा अमेरिकाका चर्चित फुटबल पत्रकारको मृत्यु भएको छ । ४८ वर्षीय ग्रान्ट वाहल गए राति अर्जेण्टिना र नेदरल्याण्ड्सको खेल हेर्दै गर्दा बेहोस भएका थिए । 

बेहोस वाहललाई तत्काल नजिकैको अस्पताल पुर्याइए पनि उनलाई हृदयाघात भएको प्रारम्भिक रिपोर्टमा बताइएको छ । 

गत महिना उनलाई एलजीबीटी अर्थात सबै प्रकारका यौन र वैवाहिक सम्बन्ध अधिकारको समर्थनमा रेनबो जर्सी लगाएर स्टेडियममा प्रवेश गर्न खोजेकोमा कतारी सुरक्षाकर्मीहरुले केही समय नियन्त्रणमा लिएका थिए ।

अमेरिकी सकर फेडरेसनले उनको मृत्युलाई ‘हृदयविदारक’ भनेको छ ।

टिप्पणीहरू