सहयोगी कर्मचारीको घरभित्र करोडौं नगद

सहयोगी कर्मचारीको घरभित्र करोडौं नगद

मासिक १५ हजार तलब तोकिएका एक सामान्य कर्मचारीको घरमा करोडौं नगद फेला परेपछि को अचम्भित नहोला ? भारतमा एक सामान्य कर्मचारीको घरमा भारु ३० करोडभन्दा बढी नगद भेटिएको छ । 

प्रवर्तन निर्देशनालय (ईडी)ले छापा मार्दा उक्त रकम भेटिएको बताइएको छ । ईडीले पछिल्ला केही महिनायता झारखण्ड सरकारका ग्रामीण विकासमन्त्री आलमगिर आलम र उनका निजी सचिव सञ्जीव लालले भ्रष्टाचार गरेको विशेष सूचना पाए पनि प्रमाण भेटाउन सकिरहेको थिएन । 

लामो समयको अनुसन्धानपछि अन्नतः ईडीले मन्त्रीका निजी सचिवको सहयोगीको घरमा छापामारेपछि भ्रष्टाचारको जालो पर्दाफास भएको हो । मन्त्री आलम र उनका निजी सचिवले भ्रष्टाचारको सबै रकम उनै सहयोगीलाई लुकाउन दिएको खुलासा भएको छ । ती सहयोगीले मासिक १५ हजारमा उक्त कार्य गर्दै आएको बताइन्छ । रकम बरामदसँगै मन्त्री आलमविरुद्ध जनताले आक्रोश पोख्न थालेका छन् ।

गत वर्ष इडीले मन्त्री आलमकै कार्यालयमा काम गर्ने एक इञ्जिनियरलाई सेवाग्राहीसँग १० हजार घुस लिएको आरोपमा पक्राउ गरेको थियो । ती इन्जिनियरले ईडीसँगको बयानमा आफूहरुले लिने कमिसनको ठूलो भाग मन्त्री आलामलाई दिइने गरेको बताएका थिए । त्यसपछि मन्त्री आलममाथि ईडीले निगरानी बढाएको थियो ।

 

टिप्पणीहरू