पूर्व राजाद्वारा भारतीय दूतावासका कर्मचारीहरुसँग भेटघाट !
पूर्व राजा ज्ञानेन्द्र शाहले झण्डै डेढ महिना नेपालगञ्ज बसाईका क्रममा भारतीय कूटनीतिक कर्मचारीहरुसँग भेटघाट गर्नुभएको छ । मंसिर १७ गते साँझ काठमाडौंबाट बुद्ध एअरको उडानमा पूर्वरानी कोमलसँगै परिवारका सात सदस्यीय टोलीसँगै त्यता जानुभएका उहाँ आज भैरहवा फर्कनुभएको छ ।
नेपालगञ्जमा रहँदा पूर्वराजा र भारतीय कूटनीतिक कर्मचारीहरुबीच भेट भएको स्रोतको दाबी छ । नेपालगञ्जबाट ५० दिनपछि पूर्व राजा परिवारका सदस्यहरुसहित आज बिहान साढे १० बजे स्थलमार्गबाट भैरहवा आएको बताइन्छ । पूर्व राजा भैरहवामा केही दिन बसेर काठमाडौं फर्कने कार्यक्रम छ ।
टिप्पणीहरू