कसका नामबाट तिरियो रविको धरौटी ?

कसका नामबाट तिरियो रविको धरौटी ?
सुन्नुहोस्

गोर्खा मिडिया नेटवर्क प्रालिको प्रवन्ध निर्देशकका हैसियतमा मासिक ६ लाख तलव खाएर पनि सहकारीको पैसा सुको पेटमा नपरेको र आफ्नो बैंक खातामा एक रुपैयाँ बचत नरहेको रवि लामिछानेको दावी रहँदै आएको छ । बैंक खातामा २४ करोड ट्रान्जेक्सन भेटिएको तथ्य खुलेपछि त्यसको खण्डन गर्दै पत्नी निकिता पौडेलले घरको किस्ता तिर्नसमेत धौ-धौ परिरहेको बताएकी थिइन् । 

तर, उनै लामिछाने रातारात लाखौँ रकम धरौटी राखेर थुनामुक्त भए । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीले धरौटीमा छोड्न आदेश गरेको केही घण्टामै उनले ६५ लाख बैंक ग्यारेण्टी देखाएका हुन् । लामिछानेका तर्फबाट रमानन्द घिमिरेले जमानत दिएको प्रभु बैंकको पत्रमा उल्लेख छ । 

घरको किस्ता तिर्नसमेत सकस परेको दावी गर्ने लामिछानेले आखिर कसरी यत्रो रकम जोहो गरे होलान् ?

चन्द्रकान्त लामिछानेको नाति लालचन्द्र लामिछानेको छोरा काठमाडौँ जिल्ला वडा नम्बर ०६ बस्ने वर्ष ४९ को रवि लामिछानविरुद्ध कास्की अदालतमा सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा मुद्दा चलेको थियो । पुस २४ गतेको मितिमा २५ गते बेलुका आदेश आएलगत्तै प्रभु बैंक ग्यारेण्टी बसेपछि उनी राति नै रिहा भए । 

घरको किस्ता तिर्नसमेत सकस परेको दावी गर्ने लामिछानेले आखिर कसरी यत्रो रकम जोहो गरे होलान् ? धेरैले आश्चर्य मानेका छन् ।

टिप्पणीहरू