गोर्खाज फाइनान्सका ९९ संस्थापक शेयरधनी अध्यक्ष बुढाथोकी विरुद्धमा, साधारणसभा छोडेर ‘फरार’

गोर्खाज फाइनान्सका ९९ संस्थापक शेयरधनी अध्यक्ष बुढाथोकी विरुद्धमा, साधारणसभा छोडेर ‘फरार’
सुन्नुहोस्

गोर्खाली समुदायको लगानीमा रहेका गोर्खाज फाइनान्स लिमिटेडका ९९ प्रतिशत संस्थापक शेयरधनी गोर्खाज फाइनान्स लिमिटेडका अध्यक्ष गौरव बुढाथोकी विरुद्धमा उभिएका छन् । अध्यक्ष बुढाथोकीले गोर्खाज फाइनान्स लिमिटेडलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन विपरित काम गरेर आफूहरुको करोडौंको लगानी डुबाउन खोजेको भन्दै संस्थापक शेयरधनीहरु अध्यक्ष बुढाथोकी विरुद्ध उभिएका हुन् ।

गोर्खाज फाइनान्स लिमिटेडको ३० औं साधारणसभा गत २९ पुस २०८१ मा अध्यक्ष बुढाथोकीले बोलाएका थिए । तर अध्यक्ष बुढाथोकीले गोर्खाज फाइनान्स लिमिटेडलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन विपरित चलाएको भन्दै बिरोधको तयारी गरेपछि साधारणसभा छोडेर भागेका छन् ।

शेयरधनी तथा गोर्खा समुदायका अगुवा पुञ्जन मुकारुङ राईका अनुसार २९ पुस २०८१ मा गोर्खाज फाइनान्स लिमिटेडको ३० औं साधारणसभा बोलाइएको थियो । काठमाडौं बसुन्धाराको एक पार्टी प्यालेसमा १० बजे बोलाइएको साधारणसभामा अध्यक्ष बुढाथोकी, निर्देशक नगेन्द्रकुमार अग्रवाल र निलम बोहोरा ११ बजेतिर आएका थिए । तर साधारणसभामा उपस्थित सत प्रतिशत सेयर धनी उनीहरु बिरुद्ध उभिने सूचना पाएपछि हल छोेडेर भागेका थिए । 

अध्यक्ष बुढाथोकी १२ बजे आउने भनिएपनि एकाएक कम्पनी सचिव दिपक न्यौपानेले साधारणसभा गणपुरक नपुगेको भन्दै स्थगित गरेको सूचना टास गरेका थिए । सूचनामा गणपुरक नपुगेको भनेर सूचना टास गरेपनि अध्यक्ष संस्थापक शेयरधनी शतप्रतिसत र ८० प्रतिशत भन्दा शेयरधनीहरु उपस्थित थिए । अध्यक्ष बुढाथोेकीले गरीरहेको वित्तीय संस्था सम्बन्धी ऐन विपरित काम विरुद्ध आक्रमक रुपमा उभिने तयारी गरेपछि अध्यक्ष फरार भएको संस्थापक शेयरधनी टंकबहादुर लिम्बुको भनाई छ । ‘यो संस्थामा हाम्रो रगत र पसिनाको कमाई राखेका छौं । तर उनले वित्तीय संस्था सम्बन्धी ऐन विपरित डुबाउने प्रयास गरीरहेका छन् । त्यो बिरुद्धमा उभिने थाहा पाएपछि उनी फरार भएका छन्,’ उनले भने, ‘अनेकौं शक्तिको आडमा उनले सोझा लाहुरेहरुको आडमा संस्थाको दुरुपयोग गर्न खोजेका छन् । त्यो गर्न हामी दिन्नौं ।’

गोर्खाज फाइनान्स लिमिटेडका ७ सय ४६ जना संस्थापक शेयरधनीहरु छन् । ती मध्ये ७ सय ३७ जना संस्थापक शेयरधनीहरुले विहिबार (२ माघ २०८१)मा विज्ञप्ति जारी गरेर अध्यक्ष बुढाथोकी, सञ्चालक समितिका निर्देशक(पब्लिक) नगेन्द्रकुमार अग्रवाल, निर्देशक (पब्लिक) निलम बोहोरा माथि कारबाहीको माग गरेका छन् । ५ मध्ये दुई निर्देशक कल्पना खापुङ र युवराज राई भने साधारणसभामा उपस्थित भएका थिए । अध्यक्ष बोहोरा सहित निर्देशकद्धय अग्रवाल र बोहोराले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन विपरित काम गरेको भन्दै कारबाहीको माग गरेका छन् ।

चुक्ता पुँजी ८६ करोड रहेको गोर्खाज फाइनान्स लिमिटेडमा गोर्खालीहरुको लगानी रहेको छ । यसैगरी झण्डै ६ अर्व निक्षेप समेत गोर्खाली समुदायको रहेको छ । गोर्खाज फाइनान्स लिमिटेड अध्यक्ष गौरव बुढाथोकि शेयर संख्या जम्मा १९९ कित्ता संचालकद्घय नरेन्द्र कुमार अग्रवालको १४० कित्ता तथा निलम बोहराको १२२ कित्ता रहेको छ । उनिहरु सर्वसाधारण शेयरधनी बाट प्रतिनिधीत्व गर्ने संचालकहरु हुन् । 

सिइओ नियुक्तीमा आर्थिक चलखेलको दाबी सहित उजुरी

अध्यक्ष बुढाथोकीले वित्तिय नियम विपरित काम लगाउन दबाब दिएपछि गोर्खाज फाइनान्स लिमिटेडका तत्कालिन सिइओले सन्तोषकुमार घिमिरेले २३ असोज २०८१ मा राजिनामा दिएका थिए । घिमिरेका राजिनामापछि गोर्खाज फाइनान्स लिमिटेडको सञ्चालक समितिले नयाँ नियुक्तीका लागि  प्रक्रिया अघि बढेको थियो । 

प्रक्रियामा विवाद भएपछि राष्ट्र बैंकमा उजुरी परेको थियो । उजुरीपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार गर्न निर्देशन समेत दिएको थियो । तर राष्ट्र बैंकको समेत निर्देशन वेवास्ता गर्दै अध्यक्ष बुढाथोकीले प्रकाशचन्द्र अधिकारीलाई नयाँ सिइओ नियुक्तीको एकतर्फी घोषणा गरेका थिए । 

अध्यक्ष बुढाथोकीले सुरुमा सिईओ सन्तोषकुमार घिमिरेलाई प्रभावित पारेर मनपरी गर्न खोजेका थिए । तर सिईओ घिमिरले उनको मनपरीमा साथ नदिएपछि घिमिरे बिरुद्ध नै उत्रिए । अध्यक्ष बुढाथोकीकै दबाबमा सिइओ घिमिरेले राजिनामा दिएका छन् । अध्यक्ष बुढाथोकीले १४ पुस २०८१ मा सञ्चालक समितिको बैठक भन्दै एकतर्फी रुपमा प्रकाशचन्द्र अधिकारीलाई सिइओ नियुक्तीको घोषणा गरेका थिए । तर बैठकमा सञ्चालक समितिका निर्देशक(प्रमोटर) युवराज राई र निर्देशक (प्रमोटर) कल्पना खापुङले नोट अफ डिसेन्ट लेखेका थिए । अर्का पब्लिक तर्फका निर्देशकद्धय नगेन्द्रकुमार अग्रवाल र निलम बोहोरा अनुपस्थित थिए । स्रोतका अनुसार अध्यक्ष बुढाथोकीले बैठकमा उनीहरुको पनि उपस्थिीति देखाएर कृर्ते गरेका थिए । विटानगरमा रहेका अग्रवाल र बोहोरालाई पछि दबाबामा परेर कुरयर्समा मार्फत माइन्युट पठाएर हस्ताक्षर गर्न लगाएका थिए । 

गौरव बुढाथोकी कुनै बेला हेटौंडातिरका बदनाम पात्र थिए । नेपाली कांग्रेसका सभापति इन्द्र बानियाँको व्यवसायमा एकाउन्टेन्टको जिम्मेवारीमा रहेका बुढाथोकीले बानियाँको नाममा असुली र अनियमितता मच्चाएपछि उनी निकालिएका थिए ।उनै बानियाँ अहिले गोर्खा सैनिकहरुको लगानीमा रहेको गोर्खाज फाइनान्सको हर्ताकर्ता बनेका छन् । १० हजार लगानी गरेर पब्लिक मार्फत् गोर्खाज फाइनान्सको अध्यक्ष बनेका बुढाथोकीले नयाँ सिइओ प्रकाशचन्द्र अधिकारसँग आर्थिक लेनदेन गरेर सिइओ बनाएको भन्दै राष्ट्र बैंकमा उजुरी समेत परेको छ । 

संस्थापक शेयरधनीका प्रबिन गुरुङका अनुसार साधारणसभा फेस नगरेर अध्यक्ष बुढाथोकी फरार भएका छन् । लाहुरेहरुको करोडौंको लगानी डुबाउन प्रयास भइरहेको उनको भनाई छ । स्रोतका अनुसार ७ सय ४७ संस्थापक शेयरधनी मध्ये ७ सय ३७ संस्थापक शेयरधनी भूतपूर्व गोर्खा सैनिक हुन् । उनीहरुले बुढाथोकीलाई कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेका छन् । 
 

टिप्पणीहरू