काँग्रेसको प्रशिक्षण प्रतिष्ठानमा तनहुँका पोखरेल
नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशक (नीतितर्फ) मा तनहुँका डा.जगदीशचन्द्र पोखरेल नियुक्त भएका छन् ।
प्रतिष्ठानका प्रमुख समेत रहेका उपसभापति पूर्णबहादुर खड्काले आज उनलाई सो पदमा नियुक्त गरेका हुन् । पोखरेललाई काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ तथा नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम नियुक्त गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा उल्लेख छ, नेपाली काँग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली काँग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशक (नीति तर्फ) को पदमा तनहुँका डा. जगदीशचन्द्र पोखरेललाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिम नियुक्त गर्नुभएको छ ।’
टिप्पणीहरू