एमालेका जगेडा ओली
एमालेले भीम रावललाई मात्र निश्कासन गरेको होइन, अब त काँही एमाले कार्यकर्ताले भीम रावलसँग बोल्यो भने त्यसलाई पनि निकाल्ला जस्तो देखिएको छ । आजसम्म कुनै पनि पार्टीले कुनै नेतालाई यो स्तरको कारवाही गरेको हामीलाई थाहा थिएन । यो नितान्त नयाँ खालको कारवाही हो । यस्तो कारवाही पहिला पहिला जंगबहादुरको पालामा हुने गथ्र्यो । रावलमाथि यस्तो जंगबहादुर शैलीको कारवाही किन गरियो ? त्यो भने बुझ्न गाह्रो छ ।
एमालेमा भीम रावललाई नचिन्ने कोही पनि छैन । उनलाई चिन्ने नेताहरू भन्छन्, रावल पनि वास्तवमा सानोतिनो ओली नै हुन् । ओली पूर्वका हुन् भने रावल पश्चिमका । अर्थात रावल पश्चिम नेपालका ओली हुन् । तर एमाले त एउटै हो । एउटा एमालेमा दुइटा ओलीको के काम ? एउटा ओली हुँदा त पार्टीको यो हालत भइसक्यो । दुइटा भए झन् कस्तो होला ? अतः पार्टीलाई एउटै ओली भए पर्याप्त छ । त्यही कारण जगेडामा रहेका ओली निश्कासन भएको हुनुपर्छ ।
तर जगेडा ओली अर्थात कमरेड भीम रावल निश्कासित भएर पार्टीका नेताहरूलाई हाईसञ्चो भए पनि कार्यकर्ताहरू भने थर्कमान छन् । कतै भीम रावलसँग कुरा गरेको देखे भने कारवाही पो गरिदिने हुन् कि !
टिप्पणीहरू