ऊर्जामन्त्रीको ऊर्जा

ऊर्जामन्त्रीको ऊर्जा

अहिले नेपालमा ऊर्जाको उत्पादन बढी भइरहेको छ । उत्पादन बढी भएकै कारणले होला, ऊर्जा कहिले भारतलाई बेचिरहेको छ, कहिले बंगलादेशलाई बेचिरहेको छ । आफूसँग बढी भएको ऊर्जा अरुलाई बेच्ने नै हो । 

तर, कोही–कोही यस्ता पनि हुन्छन् जो आफूसँग भएको ऊर्जा गलत ठाउँमा प्रयोग गर्छन् । जस्तो कि ऊर्जामन्त्रीज्यूको ऊर्जा । ऊर्जामन्त्री दीपक खड्काज्यू अहिले आफ्नो ऊर्जा गलत ठाउँमा प्रयोग गरिरहेका छन् ।

अस्ति अचानक उहाँले आफ्नो ऊर्जा प्रयोग गरेर ऊर्जा मन्त्रालयको एउटा ऊर्जा फाँट विद्युत् प्राधिकरणमा सार्नुभयो । अनि त्यो फाँटमा आफैँ बस्नुभयो । विद्युत् प्राधिकरणमा एउटा कोठा लिएर मन्त्रीज्यू आफैँ बस्न आएपछि एउटा प्रश्न उत्पन्न भएको छ– विद्युत् प्राधिकरण ऊर्जा मन्त्रालयअन्तर्गत हो कि ऊर्जा मन्त्रालय विद्युत् प्राधिकरणअन्तर्गत हो ?

ऊर्जामन्त्रीज्यू प्राधिकरणको कुर्सीमा बस्न आएपछि कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयको कुर्सीमा बसाउने हो कि ? के अब सरकारको योजना यही हो ?
 

टिप्पणीहरू