सडकमा आउँछौं – प्रचण्ड
अब त तपाइँ सडकमै त हुनुहुन्छ । सडकको मान्छे फेरि कुन सडकमा जाने ?
तिम्रो बूढो विदेशमा हो ?
अहिले टिकटकतिर एउटा गायक खुब भाइरल छ । नाम हो– आलु दाइ । नाम आलु भएकै कारणले होला, उनको गीतमा पनि खानेकुराकै बढी चर्चा हुन्छ । जस्तो सेल, केरा, स्याउ आदि । उनैको एउटा भाइरल गीत हो –
एऽ तिम्रो बूढो विदेशमा हो ?
अनि तिमीसँग हिँड्ने त्यो भुसतिघ्रे को ?
अस्ति प्रधानमन्त्री केपी शर्मा ओलीका एक खाँट्टी कार्यकर्तालाई पनि केटाहरूले यसरी नै जिस्काइरहेका थिए । गीत त्यही हो । खाली शब्द मात्रै फरक । ओलीका कार्यकर्तालाई बीचमा राखेर उनीहरू गाउँदै थिए –
एऽ तिम्रो बा बाल्वाटारमा हो ?
एऽ तिम्रो बा बाल्वाटारमा हो ?
दुइटा लिखुरेचाहिँ को ?
एऽ तिम्रो बा सिंहदरबारमा हो ?
एऽ तिम्रो बा सिंदर्वारमा हो ?
अनि बालाई यो गर त्यो नगर भनिराख्ने
भकभकेचाहिँ को ?
गीत यसरी नै अघि बढ्छ । तर बिचरा ओलीका कार्यकर्ताबाट गीतको कुनै जवाफ भने आउँदैन ।
टिप्पणीहरू