जनमतले वडामा बलिदानी दिवस मनाउने

जनमतले वडामा बलिदानी दिवस मनाउने

डाक्टर चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टीले मधेश विद्रोहको स्मरणमा बलिदानी दिवस मनाउने भएको छ । 

पार्टीका महासचिव चन्दनकुमार सिंहले विज्ञप्ति जारी गर्दै माघ ५ गते सबै वडामा बलिदानी दिवस मनाउन पार्टीपंतिलाई निर्देशन दिएका हुन् । उक्त दिन शहीदको फोटो, मैनबत्ती र दिप प्रज्वलन गरी कार्यक्रम गर्न सूचित गरिएको छ । 

‘मिति २०८१–१०–०५ गते शनिबारको दिन बेलुका जनमत पार्टीले सबै वडामा वडास्तरीय मधेश बलिदानी दिवस मनाउने निर्णय गरेको हुनाले शहिदको फोटो, मैनबत्ती र दिप प्रज्वलन गरी मधेश बलिदानी दिवस मनाउनुहुन सबैलाई जानकारी गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू