फ्रान्समा १८ वर्ष तल र २५ वर्ष माथिकाले कण्डम किन्नैपर्ने

फ्रान्समा १८ वर्ष तल र २५ वर्ष माथिकाले कण्डम किन्नैपर्ने

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले १८ वर्षदेखि २५ वर्ष उमेरका नागरिकका लागि कण्डमहरू निःशुल्क उपलब्ध गराइने बताएका छन् । अनिच्छित गर्भधारण र यौन संक्रमित रोग (एसटीडी) को विस्तार रोकथामको निम्ति उक्त कदम चालिएको बताइएको छ ।  

म्याक्रोनले फ्रान्सको पोइटियर्स नगरको फोन्टेन–ले–कोम्टे उपनगरमा युवाहरूसँग स्वास्थ्य बहसको क्रममा निःशुल्क कण्डम वितरण गर्ने घोषणा गरेका हुन् । 

‘यो गर्भनिरोधकको लागि सानो क्रान्ति हो’, उनले भने । कण्डम निःशुल्क उपलब्ध गराउने योजनाले २५ वर्ष मुनिका सबै महिलालाई निःशुल्क गर्भनिरोधक प्रस्ताव गरिएको अर्थ लगाइएको छ । 


फ्रान्समा डाक्टर वा नर्सले सिफारिस गरेमा कण्डमहरू पहिले नै राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीद्वारा उपलब्ध गराइन्छ । समग्रमा यौन शिक्षामा आफ्नो मुलुकको वास्तविकता र सिद्धान्तबीच आकाश जमिनको अन्तर रहेको उनको भनाइ छ ।

टिप्पणीहरू