बेइजिङमा पाकिस्तानी मन्त्रीको प्रतिबध्दता : स्वच्छ ऊर्जामा लगानी गरिनेछ

बेइजिङमा पाकिस्तानी मन्त्रीको प्रतिबध्दता : स्वच्छ ऊर्जामा लगानी गरिनेछ

पाकिस्तानी ऊर्जा मन्त्रीले वातावरण संरक्षणको निम्ति स्वच्छ ऊर्जामा लगानी गरिने प्रतिबध्दता जनाएका छन् । बेइजिङ्गमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले उक्त प्रतिबध्दता व्यक्त गरेका हुन् ।

बेइजिङ्गमा भएको इन्टरनेशनल फोरम फर इनर्जी ट्रान्जिसन २०२२ मा उर्जामन्त्री खुर्रम दस्तगीर खानले बोल्दै भने, ‘जलवायु परिवर्तनका कारण देखिएको असर न्यूनीकरणमा पाकिस्तानले थप ध्यान बढाउने छ ।’ 

मन्त्रीका अनुसार लागत बचत र वातावरण संरक्षणको दृष्टिकोणले स्वच्छ ऊर्जामा रुपान्तरणलाई पाकिस्तान सरकारले प्राथमिकता दिएको छ ।

सो अवसरमा चिनियाँ उपप्रधानमन्त्री हान झेङले स्वच्छ र हरित ऊर्जामा संक्रमणलाई तीव्रता दिने उध्देश्यले विश्वव्यापी जलवायु परिवर्तनलाई सम्बोधन गर्ने प्रयासको आवश्यकतामा जोड दिएको बताइएको छ ।

टिप्पणीहरू