भारतीय र चिनियाँ सेनाबीच फेरि भिडन्त

भारतीय र चिनियाँ सेनाबीच फेरि भिडन्त

भारत,अरुणाचल राज्यको सीमा क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच दोहोरो झडप भएको छ । प्रदेशको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा दुई देशका सेनाबीच छोटो भिडन्त भएको सञ्चार माध्यमहरुले जनाएका छन् । 

गत शुक्रवार भएको घम्साघम्सीमा दुवै पक्षका सेनालाई सामान्य चोटपटक लागेको भारतीय सञ्चारमाध्यमहरुको दावी छ । तर,चिनियाँ पक्षले हालसम्म त्यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

भारतीय सञ्चारमाध्यमका अनुसार अरुणाचलको तवाङ सेक्टरमा केहीबेर धकेलाधकेल भएको थियो । यसअघि पूर्वी लद्दाखमा झडप भएको थियो ।

सन् २०२० को जुनमा गलवान उपत्यकामा भएको झडपमा २० भारतीय सेना मारिएका थिए । त्यसपछि दुई मुलुकबीच नयाँ द्वन्द्वको शृंखला शुरु भएको थियो । तर सैन्य कमाण्डर तहमा सम्पन्न धेरै वटा बैठकपछि भारतीय र चिनियाँ सेना लद्दाखको गोगरा–हट स्प्रिंग्सलगायतका क्षेत्रबाट पछि हटेका थिए ।

टिप्पणीहरू