मोटरसाइकल कुदाइरहेका चालक प्रहरी खोरमा

मोटरसाइकल कुदाइरहेका चालक प्रहरी खोरमा

मोरङमा एक जना मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मिक्लाजुङ गाउँपालिका ६ का १९ वर्षीय अनिस मगर मोटरसाइल चोरेकोे आरोपमा मोटरसाइकलसहित पक्राउ परेका हुन् । 

पथरी प्रहरीले चेकिङ्को क्रममा उनले कुदाउँदै गरेकोे मे.५ प २१५१ नम्बरको मोटरसाइकलसहित पक्रेको हो । 

मगरले हाँकेको मोटरसाइकल मिक्लाजुङ ७ बाट मनोजकुमार सुवेदीको घरमा पार्किङ गरिराखेको अवस्थामा हराएको थियो । उक्त मोटरसाइकल आफूले चोरेको उनले प्रहरीसमक्ष स्वीकारेका छन् ।

टिप्पणीहरू