मेसीले फाइनल फुटबल खेलेर सन्यास लिने

मेसीले फाइनल फुटबल  खेलेर सन्यास लिने

अर्जेन्टिनी स्टार लियोनल मेस्सीले कतारमा जारी विश्वकपको फाइनल आफ्नो अन्तिम खेल हुने बताएका छन् । आजै बिहान भएको पहिलो सेमी फाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएर फाइनलमा स्थान पक्का गरेपछि उनको यस्तो भनाई आएको हो । 

मेस्सीले अर्जेन्टिनाको मिडिया आउटलेट डायरियो डेपोर्टिभो ओलेलाई भनेका छन्, ‘फाइनलमा आफ्नो अन्तिम खेल खेलेर विश्वकप यात्रा पूरा गर्न पाउँदा निकै खुशी छु ।’

अर्को विश्व कपका लागि अझै धेरै वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिले जस्तै खेल्न सक्छु जस्तो नलागेको उनले बताएका छन् । ‘अर्कोको लागि धेरै वर्षहरू छन् र मलाई लाग्दैन कि म यो गर्न सक्षम हुनेछु ।  यसरी समाप्त गर्न यो सबैभन्दा राम्रो मौका हो’ उनले भनेका छन् । 

‘हामी कठिन परिस्थितिहरूबाट गुज्र्यौं । आज केही शानदार अनुभव गरिरहेका छौं’’ उनले भनेका छन् । यो दशककै सबैभन्दा सफल खेलाडीका रुपमा चिनिएका मेस्सीले हालसम्म विश्वकप उपाधि भने जित्न सकेका छैनन् ।

टिप्पणीहरू