दिपिकाको पहेँलो बिकिनीमा हिन्दूवादीहरुको कडा नजर

दिपिकाको पहेँलो बिकिनीमा हिन्दूवादीहरुको कडा नजर

बहुप्रतिक्षित शाहरुख खानको फिल्म 'पठान'को एउटा गीतमा दिपिका पादुकोणले लगाएको बिकिनीको पहेंलो रङ्गलाई लिएर हिन्दूवादीहरुले विरोध जनाएका छन् । सत्तारुढ भारतीय जनता पार्टीका कार्यकर्तादेखि हिन्दूवादी नेतासम्मले फिल्म बहिष्कार गर्ने चेतावनी दिएको पाइएको छ ।

पहेंलो रङ्ग हिन्दू धर्मको पूजाआजामा प्रयोग हुने भन्दै पादुकोणले पहेंलो रङ्गकै बिकिनी लगाएर आम हिन्दूधर्मालम्बीमाथि अपमान गरेकोे उनीहरुको आरोप छ ।  भारतका कतिपय ठाउँमा गीतको विरोध गर्दै शाहरुख र दिपिकाको पुत्लासमेत जलाइएको  छ ।

सिद्धार्थ आनन्द निर्देशित फिल्म ‘पठान’को गीत ‘बेशरम रङ्ग’ १२ डिसेम्बरमा सार्वजनिक भएको थियो । तर फिल्म चाहिं २५ जनवरी २०२३ मा मात्रै प्रदर्शन हुँदैछ ।

टिप्पणीहरू